अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:३० मा प्रकाशित

कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । ज्यान गुमाउनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । यस्तै १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा ज्यान गएको छ ।यस्तै नरहरिनाथ नगरपालिका–४ पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । सबैको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू