अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना उपचारपछि निको

बिआरटीनेपाल २०७७ साउन १० गते ७:१६ मा प्रकाशित

नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर गाउँपालिका–८ की १७ वर्षीया एक किशोरीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको जानकारी दिनुभयो ।

ती किशोरीको वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।मृतक किशोरीमा कोरोना ‘पोजिटिभ’सँगै पखाला, स्वाश्प्रश्वासमा समस्या देखिएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घन्टामा १०९ जना संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतालबाट पछिल्लो २४ घन्टामा थप १०६ जना संक्रमित निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै अहिलेसम्म १३ हजार ५३ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । हाल देशभर १८ हजार १८३ जना ‘क्वारेन्टिन’मा रहँदा ५ हजार ३८५ जनाको ‘आइसोलेसन’मा उपचा र भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू