अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

त्रिभुवन विश्वविद्यालय आंशिक शिक्षकहरुको व्यवस्थापनमा जुट्यो

बिआरटीनेपाल २०७७ असार ३१ गते ७:३१ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय प्राध्यापनमा संलग्न आंशिक शिक्षकहरुको व्यवस्थापनमा जुटेको छ । तीन वर्षदेखि करार सेवामा राख्न माग राख्दै आन्दोलनरत् त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक क्याम्पसमा रहेका करिब २ हजार आंशिक शिक्षकहरुको व्यवस्थापनबारे संसदीय समितिदेखि सार्वजनिक रुपमै बहस हुन थालेपछि विश्वविद्यालय समस्या समाधानमा जुटेको हो ।

विगतको नजिरका आधारमा आफूहरुलाई करार गर्नुपर्ने भन्दै तीन वर्षदेखि निरन्तर आन्दोलतरत् आंशिक शिक्षकहरुको व्यवस्थापन के–कसरी गर्ने भनेर त्रिभुवन विश्वविद्यालयले गत फागुनमा अध्ययन कार्यदल बनाएको थियो । ‘लकडाउन’का कारण केही विलम्ब भएपनि कार्यदलले विश्वविद्यालयलाई केही दिनभित्रै आंशिक शिक्षकहरुको व्यवस्थापनको उपाय सुझाउने बताएको छ ।

कार्यदल संयोजक प्राध्यापक प्रा. डा. विनोद पराजुली आंशिक शिक्षकहरुलाई पूर्णकालीन सेवामा प्रवेश गराइ पारिश्रमिक दिनेगरी व्यवस्थापन गर्न त्रिविलाई सुझाव दिन लागिएको बताउनुभएको छ । आंशिक शिक्षकहरुलाई ‘कोर्ष’ करार गर्नेदेखि रिक्त दरबन्दीमा राख्न सकिने विकल्पहरु कार्यदलले दिने बताईएको छ ।

त्रिविमा १४ वर्षदेखि नियमित प्राध्यापन गर्दै आएका आंशिक शिक्षक पनि रहेका छन् । कोरोना महामारीसँगै पठन–पाठन ठप्प रहँदा आंशिक शिक्षकहरुको दैनिक गुजारा कठिन बनेको र पहिला पढाएको पारिश्रमिकसमेत नपाएकोजस्ता समस्याहरु झनै बल्झिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू