अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

“पार्टीभित्र उठेको विवाद स्वभाविक हो, समाधान गर्छौँ” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असार २७ गते ०:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपाभित्र भइरहेको विवाद स्वभाविक भएको बताउनुभएको छ । देशबासीका नाममा सम्बोधन गर्दै ओलीले राजनीतिक दलभित्र बसह र विमती हुनु स्वभाविक भएकाले यसले सरकारको कामबारबाहीबारे कुनै असर नगर्ने दावी गर्नुभयो ।

बाढी पहिलो र कोरोनाबाट बच्न आह्वान गर्न ओलीले राजनीतिक विषयले सबैको ध्यान ताने पनि रोग र भोकबाट नागरिकलाई बचाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले भन्नुभयो, ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो। पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ।’

प्रधानमन्त्रीले नेकपाभित्र देखिएको संकटप्रति संकेत गर्दै व्यवस्था प्रति उठेको प्रश्न स्वभाविक भए पनि आफू त्यसलाई बचाउने पक्षमा रहेको स्पष्ट पार्नुभयो । ‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ, उहाँले भन्नुभयो, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।’ सत्तारुढ नेकपाभित्र ओलीको राजीनामा मागेपछि सरकारको भविष्यप्रति नै शंका उत्पन्न भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू