अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ असार २५ गते ७:०४ मा प्रकाशित

सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जानकारी दिनुभएको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक सवारी चल्न पाउने बताउनुभयो ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने तर अरु सार्वजनिक यातायात संचालनको तयारी गर्न समय लाग्न सक्ने पनि बताउनुभयो । ट्याक्सीले पनि सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने छन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउने नियम बनाइएको छ । बसमा आधा मात्रै यात्रु चढाउन पाउने गरी ५० प्रतिशत बढी भाडा लिन पाउने अनुमति दिइएको छ । सार्वजनिक यातायातमा भने सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउने व्यवस्था मिलाउनुपर्ने छ । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने तथा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने भनिएको छ ।

यसरी सवारी संचालन गर्दा चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्ने तथा एक दिनमा एक पटक बस निसंक्रमण गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू