अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

नेपालमा कोभिड–१९ संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो, ७ हजार ७ सय ५२ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५० मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो संगै हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २ लाख ६६ हजार ४ सय ५७ वटा पीसीआर परीक्षण भएका छन् ।

हाल २५ हजार ४० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । मुलुकमा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी ४ जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू