अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, ६ हजार ८११ जना उपचारपछि निको भएर डिस्चार्ज

बिआरटीनेपाल २०७७ असार २२ गते ६:३२ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। उनी क्षयरोगको उपचार गराई भारतबाट नेपाल आएका थिए । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ भने २६४ जना कोरोनालाई जितेर घर फर्किएका छन्। मुलुकमा हालसम्म संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ भने निको हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ। मन्त्रालयका अनुसार रेड जोनमा ५ सय १९ जना रहेका छन्।

अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २ सय १५ रहेका छन् भने आइसोलेसनमा ९ हजार १ सय १८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू