अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

नेकपा अध्यक्ष प्रचण्डसहित खनाल र नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

बिआरटीनेपाल २०७७ असार २१ गते ०:१६ मा प्रकाशित

राष्ट्रपति निवास शीतल निवासमा नेताहरुको दौडधुप बाक्लिएको छ । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्का नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन । आइतबार विहान ११ बजे नेकपाकै शीर्ष नेताहरु शीतल निवास पुगेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको छ । त्यस्तै नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि शीतल निवास पुगेको बताईन्छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्नुभ्एको थियो । राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू