अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

कोभिड–१९ का कारण विश्वभर १ करोड १२ लाख ६ सय बढी संक्रमित, ५ लाख २९ हजार ६ सय ३० को मृत्यु

बिआरटीनेपाल २०७७ असार २० गते ७:१० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १२ लाख ६ सय ४३ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख २९ हजार ६ सय ३० जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६३ लाख ६४ हजार ४ सय ३४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३२ हजार १ सय १२, इटालीमा ३४ हजार ८ सय ३३, स्पेनमा २८ हजार ३ सय ८५, फ्रान्समा २९ हजार ८ सय ९३, बेलायतमा ४४ हजार १ सय ३१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार २ सय ६०, जर्मनीमा ९ हजार ७३ , बेल्जियममा ९ हजार ७ सय ६५, ब्राजिलमा ६३ हजार २ सय ९५ , रसियामा १० हजार २७ र क्यानडामा ८ हजार ६ सय ६३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १८ हजार ६ सय ९५ , पाकिस्तानमा ४ हजार ६ सय १९, बंगलादेशमा १ हजार ९ सय ९७ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय २६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १० जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू