अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

नेकपाका दुइ अध्यक्षबीचको छलफल निष्कर्षबिहीन

बिआरटीनेपाल २०७७ असार १९ गते ७:२५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच बालुवाटारमा आज छलफल भएको छ । पछिल्लो समय दुइ नेताबीचमा मतभेद देखिएको यसले पार्टी नै फुट्ने सम्मको स्थिति आएपछि समस्या समाधानका लागि दुइ अध्यक्ष बीचमा छलफल भएको हो ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागि हुनुभएको थियो । बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म छलफल भएपनि छलफलले कुनै ठोस निष्कर्ष ननिकालेकोले भोली फेरि छलफल गर्ने सहमति भएको छ ।

नेकपाको स्थायी कमिटी बैठक भोली बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो केही दिनयता नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू