अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

“सरकारलाई जसरी पनि बदनाम गराउने खेल भयो” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असार ४ गते ७:५१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच राखेर विरोध हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो सोच नराख्न आग्रह गर्नुभयो । सरकारलाई बदनाम गराउने भावनाले कोरोनामा भएको खर्चसम्बन्धमा बिरोध भइरहेको उहाको भनाई थियो ।

कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाब माग्नेहरुप्रति लक्षित गर्दै प्रधानमन्त्रीले परिस्थितिको गम्भीरतासमेतलाई ख्याल नगरी यो विषयलाई अनावश्यक रुपमा उछालिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले खर्च भएको भनिएको १० अर्ब रकम स्थानिय तहमा पठाईएको स्पष्टिकरण दिनुभयो ।

खर्चको विवरण थप्दै ओलीले स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको जवाफ दिनुभयो । यस्ता सवाल उठाएर स्थानीय जनप्रतिनिधिहरुको अपमान गरिएको पनि उहाको भनाई थियो । खर्चको विवरण महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै ओलीले मान्छे काममा लागेको अवस्थामा केहीलाई खर्चको हिसाब चाहिनु तर्कसंगत नभएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू