अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

सरकारले आजदेखि सबै विद्यार्थीका लागि दुर तथा खुला शिक्षा सञ्चालन गर्दैै

बिआरटीनेपाल २०७७ जेठ ३२ गते २२:०५ मा प्रकाशित

सरकारले आजदेखि सबै विद्यार्थीका लागि दुर तथा खुला शिक्षा सञ्चालन गरेको छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै वैकल्पिक पठनपाठन अघि बढाइएको हो । निर्देशिका अनुसार दुर तथा खुला शिक्षालाई पाँच समूहमा विभाजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो । पाँचवटा समूहमध्ये एउटा समूहमा सामुदायिक रेडियोको पहुँचमा भएका विद्यार्थीलाई पनि केन्द्रित गरिएको छ ।

निर्देशिका जारी गर्दै शिक्षा मन्त्रालयले दुरशिक्षा कार्यक्रमलाई कार्यान्वयन गराउन संघ प्रदेश र स्थानीय तहका सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । नेपालमा गत शैक्षिक सत्रको अन्तिम महिना चैतको सुरुदेखि नै नियमित पठनपाठन अवरुद्ध हुँदै आएको छ । कोरोना महामारीका कारण लागु गरिएको बन्दाबन्दीका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन् । सहरी क्षेत्रका कतिपय निजी विद्यालयले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू