अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

पर्वत पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, एक जना अझै बेपत्ता, खोजी कार्य जारी

बिआरटीनेपाल २०७७ जेठ ३१ गते २१:५८ मा प्रकाशित

पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले स्थानिय तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो भने आज बिहान थप ५ जनाको शव भेटिएको हो । पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा दिपा थापा, कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको रहेको बताईएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीयबासिन्दा खोजी तथा उद्दारमा खटिएका छ्न्। हिजो साँझ ६ बजे देखि झण्डै दुई घण्टा परेको मुसलधारे पानी पछि पहिरो गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू