अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

डायस्पोरा (आप्रवास) का नेपाली साहित्यको इतिहास लेखनबारे अत्यन्त जरुरी सूचना (अन्तिम पटक)

बिआरटीनेपाल २०७७ जेठ २१ गते ९:२१ मा प्रकाशित

संसारका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यकारहरूले विभिन्न विधाका साहित्यिक कृतिको सिर्जना गरी डायस्पोराको नेपाली साहित्यमा उल्लेख्य योगदान गरेको देखिए पनि त्यसको व्यवस्थित इतिहास लेखन हालसम्म नभएको र साहित्यको इतिहास लेखनविना कृतिको मूल्याङ्कन गर्न कठिन हुनेभएकाले डायस्पोराका नेपाली साहित्यको इतिहास लेखिनुपर्ने आवश्यकता बोध गरी सो कार्य एकदमै अन्तिम चरणमा पुगेको हुँदा संसारका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यकारहरूलाई निम्नलिखितअनुसारको विवरण उपलब्ध गराई डायस्पोराका नेपाली साहित्यको इतिहास लेखनमा आफ्नै काम ठानी सहयोग गरिदिनुहुन पहिले नै पटक पटक अनुरोध गरिएकामा विवरण पठाउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु र पठाउन बाँकी रहेकाले ५ दिनभित्र विवरण उपलब्ध गरिदिनुहुन पुनः अन्तिम पटक हार्दिक अनुरोध गर्दछु । निर्धारित समयपछि आएका विवरण समावेश गर्न नसकिने कुरा पनि जानकारी गराउँछु । (अहिले विवरण नपठाएमा पछि मेरो छुट्यो भनी गुनासो गर्नाको कुनै अर्थ रहनेछैन) ।

नाम (वास्तविक र साहित्यिक) –
बसोबास रहेको देश (कहिलेदेखि)–
प्रथम प्रकाशित रचना (प्रकाशन स्रोत–पत्रिकाको वर्ष, अङ्क, साल, महिनासहित) ।
प्रकाशित कृति (विधागत रूपमा– कविता (गीत, गजल, मुक्तक, हाइकु), कथा, उपन्यास, नाटक, निबन्ध) – प्रकाशन सालसहित (सकेसम्म कृति, नभए कृति पाइने ठाउँ)

साहित्यिक गतिविधि गर्ने सङ्घसंस्था, पत्रपत्रिका, अनलाइन, रेडियो, टिभी, विभिन्न विधाका सामयिक र सामूहिक सङ्कलन आदिबारे पनि जानकारी उपलब्ध गरिदिनुहुन ।

यो सूचना साथीभाइलाई पनि सेयर गरिदिनुहुन अनुरोध गर्दछु ।

कुनै कुरा अस्पष्ट भए सम्पर्क गर्न सकिने ।

पठाउने ठेगाना – प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल,
त्रिवि, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
इमेल – drkhalu@yahoo.com

 

प्रतिक्रिया