अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

लकडाउनको ६८ औं दिनसम्म पूर्ण पालना तर जनजीवन प्रभावित

बिआरटीनेपाल २०७७ जेठ १७ गते ६:४९ मा प्रकाशित

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ६८ दिन पुगेको छ । गत चैत ११ गतेदेखि लागू भएको लकडाउन जेठ २० गते सम्मका लागि तोकिएको छ ।

लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । देशका मूख्य सडकहरुमा अत्यावश्यक सेवा र पासवाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

त्यस्तै सडकमा मानिसहरुको आवागमन पनि देखिदैन् । अत्यावस्यक खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू