अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

नेपालमा लकडाउनको २ महिना पुरा, कोभिड–१९ को संक्रमण बढ्दै

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:१२ मा प्रकाशित

नेपालमा जारी गरिएको लकडाउनको आज २ महिना पुरा भएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रो पटक पुनः एक साता थप गरी चैत २५ गतेसम्म पुर्याइएको थियो ।

त्यसलाई निरन्तरता दिँदै तेस्रो पटक वैशाख ३ गतेसम्म लकडाउन लम्बिएको थियो । त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गतेसम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन गरिएको थियो । छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको हो । पछिल्लो पटक लकडाउनको अवधि थप गर्दा शहरी कोरोनाको न्यून प्रभाव परेका स्थानमा लकडाउनलाई केही खुकुलो बनाएको थियो ।

तर कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सरकारले फेरि लकडाउनलाई कडाई गर्दै आएको छ । लकडाउनकै कारण मुलुकभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । मुलुकका विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिकलाई उद्धार गरेर विभिन्न देशले चार्टड विमानमार्फत स्वदेश फिर्ता लगेका छन् भने विदेशबाट नेपालीहरु स्वदेश फर्कने क्रम समेत बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू