अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाली कांग्रेसको ‘रेस्क्यु एप’ सार्वजनिक

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:४६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई लक्षित गरी रेस्क्यु एप र वेभ सार्वजनिक गरेको छ। विभिन्न देशमा अप्ठेरोमा परेका नेपालीको अवस्था बुझ्न उक्त एप, वेभ सहयोगी हुने कांग्रेसको भनाइ छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विभिन्न देशमा रहेका नेपालीको वर्तमान अवस्थाबारे उक्त एपले विवरण संकलन गर्नेछ। कांग्रेसले बुधबार रेक्स्यु एप, वेभ सार्वजनिक गरेको हो। संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थिति प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न सरकारलाई सहयोग र दवाव दिने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू