अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

कोरोना भाइरविरुद्धको खोपको मानवीय परीक्षण बेलायतमा सुरु

बिआरटीनेपाल २०७७ वैशाख ११ गते २१:५९ मा प्रकाशित

कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षण युरोपमा पहिलोपटक सुरु भएको छ। सम्भावित खोपको परीक्षण अक्सफोर्डमा सुरु भएको जनाइएको छ । खोपको परीक्षणका लागि स्वतन्त्र रुपमा तयार भएका दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । खोपको परीक्षणका लागि ८०० भन्दा बढी मानिसले आफ्नो नाम लेखाएका छन् ।

त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप दिइने छ र बाँकी आधालाई मेनेनजाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ । तर खोप लगाउने प्राप्त गर्ने व्यक्तिलाई भने आफूलाई कुन खोप दिइएको छ भन्ने थाहा हुने छैन, डाक्टरहरुलाई मात्रै यसबारे जानकारी हुनेछ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छन् । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो ।

यसअघि उनले खोपले काम गर्छ भन्नेमा आफू ८० प्रतिशत ढुक्क रहेको बताएकी थिइन् । तर उनले योपटक आँकडामा विश्वास व्यक्त गरेकी छैनन् । उनले आफू अति आशावादी रहेको उल्लेख गरेकी छन् । अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्धको खोप बनाएको थियो ।

यसअघि नै अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास भएका छन् र कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू