अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

मुलुकभर अहिलेसम्म १५ सय २९ को कोरोना परीक्षण, एक सय १३ जना आइसोलेसनमा

बिआरटीनेपाल २०७६ चैत २३ गते ६:५९ मा प्रकाशित

नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक चीनको वुहानबाट नेपाल आएका एक विद्यार्थी कोरोना भाइरसको संक्रमण भेटिएको गत माघ १० गते पुष्टि गरेको थियो । पहिलोपटक कोरोना भेटिएका ती युवा भने निको भइसकेका छन् ।

त्यसयता दुई महिनाभन्दा बढी समय बित्दा पनि परीक्षण दर भने झिनो रहेको छ । आइतबारसम्म नेपालमा १ हजार ६५६ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा १ हजार ६३३ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

हाल कोरोनाको आशंकामा ११३ जनालाई आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएका ९ मध्ये ८ जनालाई पनि आइसोलेसनमा अलग्गै राखेर उपचार भइरहेको मन्त्रायले जनाएको छ ।

पहिलोपटक स्थनीयमै संक्रमण भएको पुष्टि मन्त्रालयले शनिबार गरेको थियो । धनगढीमा यसअघि कतारबाट फर्किएका युवकका नातेदारमा पहिलो संक्रमण देखिएको हो । अन्य सबै संक्रमण भने विदेशबाट नेपाल फर्किनेहरूमा मात्रै देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू