अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा करिब २१ करोड रुपैयाँ जम्मा

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:४३ मा प्रकाशित

अर्थमन्त्रालय मातहतका विभिन्न निकायले सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा करिब २१ करोड रुपैयाँ सहयोग गरेका छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म अर्थ मन्त्रालय मातहतका निकायबाट २० करोड ९७ लाख रुपैयाँ जम्मा भएको हो ।

कोरोना कोषमा नेपाल धितोपत्र बोर्डले तीन करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषबाट तीन करोड, नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लख र सिडीएस कम्पनीबाट ३५ लाख रुपैयाँ प्राप्त भएको छ । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दुइ करोड, राष्ट्रिय बीमा संस्थानबाट एक करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट एक करोड ११ लाख रुपैयाँ प्राप्त भएको छ ।

नागरिक लगानी कोषले दुइ करोड रुपैयाँ सहयोग गरेको छ । कर्मचारी संचय कोषबाट पाँच करोड रुपैयाँ प्राप्त भएको छ । यस बाहेक विभिन्न २० बैंकबाट २२ करोड रुपैयाँ योगदान भएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया