अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

’लकडाउन’को सातौँ दिन, अनावश्यक घरबाहिर निस्कन र गाडी चलाउन रोक

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:१७ मा प्रकाशित

’लकडाउन’को सातौँ दिन सोमबार पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । यस्तै लकडाउनको उल्लङ्घन गरी घरबाहिर निस्कनेलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

सोमबार बिहानै काठमाण्डौबाट ६ सय ५४ जना, ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना गरी सात सय ४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई केही समय नियन्त्रणमा लिएर जताबाट आएको उतै फर्काइएको छ ।

यसैगरी प्रहरीले सोमबार बिहानै ८४ वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रणबाट बच्न सरकारले गएको मङ्गलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको थियो । कोरोनाको सङ्क्रमण फैलिरहेकोले आईतबार बसेको बैठकले थप आठ दिन लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू