अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

दैनिक उपभोग्य वस्तु उपभोक्तासम्म पुर्याउन गृह मन्त्रालयको बिक्रेताहरुलाई निर्देशन

बिआरटीनेपाल २०७६ चैत १३ गते ६:४४ मा प्रकाशित

सरकारले नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति सहज रुपमा गरिदिन बिक्रेता र स्टोरहरुलाई निर्देशन दिएको छ । काठमाडौ सहित प्रमुख शहर भित्रका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर र बिक्रेताले आ आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तु उपभोक्तासम्म पुर्याउन निर्देशन दिइएको हो ।

गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गरिदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय पनि गरेको छ ।

यस्तै उपत्यका बाहिरका स्टोर तथा बिक्रेताको हकमा पनि यहि नियम लागू हुने विज्ञप्तिमा उल्लेख छ । यस बाहेक दैनिक उपभोग्य वस्तुको अभाव भए मन्त्रालयको ११४९ नम्बरमा फोन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू