अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

‘लकडाउन’को दोस्रो दिन, जनजीवन शान्त

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:२७ मा प्रकाशित

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि देशभरको जनजीवन शान्त रह्यो । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

बिहानैदेखि देशभरका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ । सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारवाही गरेको छ । त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले तितरबितर पारेर घर फर्काएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू