अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

नेपाली काँग्रेसद्धारा सरकारको दुई वर्षे कामकारबाहीको समीक्षा, असफलतालाई ऐनामा हेरेर यात्रा गर्न सुझाव

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:०८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका दुई वर्षे कामकारबाही बारे समीक्षा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधानको अक्षर, भावना अनुसारभन्दा पनि कम्युनिस्ट दर्शनको भड्कावबमोजिम काम भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार बनेको दुई वर्ष पुगेको अवसरमा हिजो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कार्यप्रगति विवरण पेश गर्नुभएको थियो । दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन पनि काँग्रेसले सरकारलाई सुझाव दिएको छ ।

सत्तारूढ नेकपाले चुनावका बेला जारी गरेको घोषणापत्रमा उल्लेख गरेका कार्य नगरेको पनि काँग्रेसको भनाइ छ । सरकारले एमसीसिलाई विवादित बनाएको आरोप काँग्रेसको छ । ललितानिवास जग्गा प्रकरणमा अख्तियारले सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको काँग्रेसले दोहोर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू