अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

बिआरटीनेपाल २०७६ माघ १२ गते ७:४० मा प्रकाशित

नेकपाका सांसद अग्नी सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । नेकपाका उपनेता सुवास नेम्बाङले उहाँलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।

नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गर्नुभएको थियो । सापकोटालाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ ग्रहण गराउनुहुनेछ । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा दिनुभएको छ । गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो ।

यसैबीच, संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको अर्को बैठक पर्सि मंगलबार बस्ने भएको छ । आजको बैठकले सभामुख निर्वाचित गरेपछि बैठक माघ १४ गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक सभामुख अग्नी सापकोटाले सञ्चालन गर्नुहुनेछ । आजको बैठक प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू