अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

किड्डी फेस अफ दि इयर २०२० सम्पन्न

कुबेर गिरी २०७६ माघ ५ गते ९:३१ मा प्रकाशित

काठमाडौँ । ‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् । आगमन बालक सिनियर तर्फ शीर्ष विजेता चुनिदा बालिका तर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियर तर्फको शीर्ष विजेता घोषित भए ।

तीनै जना विजेताले उपाधिका साथै विभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।

शनिवार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्टरनर अप, केन्द्रित पौडेल सेकेन्ड रनर अप चुनिदा बालक जुनियर तर्फ प्रतीक भट्ट फस्ट रनर अप र जयस अग्रवाल सेकेन्ड रनरअफ भए ।

त्यस्तै बालिका सिनियर तर्फ ग्रेसी शाक्य फस्ट रनर अप र रिजा सिंह सेकेन्ड रनर अप हुँदा जुनियर तर्फ फस्ट रनर अप ओजस्वी शाक्य र सेकेन्ड रनर अप समिरा मकाला चुनिए ।

९ देखि १४ वर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्ट्याइएको थियो ।

बालबालिकाको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि गर्दै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।

नीलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (विजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री) मधुसूदन भट्टराई (चलचित्र निर्देशक), आशिष् थापा लगायत प्रतियोगिताको निर्णायक रहेका थिए ।

कार्यक्रममा बालबालिकालाई विभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगीले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।

व्यक्तित्व विकास, डान्स, सञ्चार कला, विभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी विषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित बालबालिकालाई आयोजकले प्रतियोगीको अन्तिम स्पर्धामा उतारेको हो ।