अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

‘कालापानी नेपालको हो’ भन्दा पार्टीभित्र विवाद बढाइयो – सभापति देउवा

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले ‘कालापानी नेपालको हो’ भनेपछि पार्टीभित्र विवाद बढाइएको गुनासो गर्नुभएको छ । बुधवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले नेपाली कांग्रेसको महाधिवेशनको मिति कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाँले अन्य कुरामा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

सभापति देउवाले पार्टीगत विवादका कारण संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनु भयो । उहाँले सत्तारुढ सभामुख छान्न नसके आफूहरुले सभामुख दिने बताउदै संसदको गतिरोध अन्त्यका लागि संसदीय दलको बैठक बोलाउन लागिएको र चाँडै नै एउटा निर्णयमा पुग्ने जानकारी दिनुभयो ।

सभापति देउवाले संवैधानिक रुपमा एउटै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने भएपनि संविधान विपरित कार्य भइरहेको र यसलाई सच्याउन आग्रह समेत गर्नुभयो । एक प्रश्नको जवाफमा सभापति देउवाले एमसीसी कुनै पनि हालतमा पारित हुनुपर्ने बताउँदै यति धेरै सहयोग अमेरिकाबाट अहिलेसम्म नआएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू