अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

प्रतिनिधिसभा बैठक स्थगित

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:०२ मा प्रकाशित

आजका लागि बोलाइएको संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो । सत्तारुढ नेकपाको हिजो बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आजको बैठक आफैं चलाउने बताउनुभएको थियो ।

आज सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्ष ओली र प्रचण्डको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू