अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

२९८ औँ पृथ्वी जयन्ती मनाईयो

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:०० मा प्रकाशित

२९८औँ पृथ्वी जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरणमा शाहले पुर्याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान प्रकट गरिएको छ ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि प्रकट गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले उहाँप्रति सम्मान अर्पण गरेको थियो । राष्ट्रनिर्माताको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू