अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

कांग्रेसमा सहमतिको प्रयास जारी, महाधिबेशनको निर्णय सच्याउन पौडेल पक्षको माग

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:११ मा प्रकाशित

केन्द्रीय समितिको एकलौटी बैठक गरेर महाधिवेशनको मिति तोक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास थाल्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको बहिष्कारकै बीच शुक्रबारको बैठकबाट १४ औं महाधिवेशनको मिति तोकेपछि कांग्रेसमा कटूता बढेको छ ।

देउवाले आफ्नो निर्णयबाट असन्तुष्ट बनेकाहरुसँग सहमति खोज्न उपसभापति बिमलेन्द्र निधिलाई खटाउनुभएको हो । निधिले सोमबार पौडेललाई भेटेर सहमतिपूर्वक अगाडी बढ्न आग्रह गर्नुभयो । आफ्नो निवास बोहोराटार आएका उपसभापति निधिलाई वरिष्ठ नेता पौडेलले पहिले शुक्रबारको निर्णय सच्याउन आग्रह गर्नुभएको थियो ।

उपसभापति निधिले भने सहमतिको विकल्प छैन भन्दै सबै मिलेरै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेविसंघ, तरुण दल, आसन्न सभामुखको निर्वाचनलगायत विषयमा सहमतिपूर्वक जानुपर्ने बताउनुभएको श्रोतले जनाएको छ । पौडेल पक्षको बहिष्कारकै बीच सभापति देउवाले गत शुक्रबारको केन्द्रीय समिति बैठक राख्न लगाई बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने र विधानका धारा निलम्बन गर्ने जस्ता दूरगामी निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू