अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 11:32

नक्कली नोटको कारोबार गरेको आरोपमा भक्तपुरबाट ४ बंगलादेशी नागरिक पक्राउ

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:४९ मा प्रकाशित

नक्कली नोटको कारोबार गरेको आरोपमा ४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। राजधानीको पेप्सीकोलामा लुकिछिपी बसिरहेका उनीहरूलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरले १ हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुमन खान, बंगलादेश नेत्रकुनाका ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय मोहम्मद उल्लाह छन्। सुमन मध्यपुर ठिमीमा र अन्य लोकन्थली बस्थे। स्थानीय लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेका उनीहरूमध्ये सुमनले सामान खरिद गर्दा पुस ३ गते दुई हजार नक्कली नोट दिएर फरार भएका थिए।

थिमी १ मा रहेको परिधि गिफ्ट सपबाट सामान किन्दा उनले नक्कली नोट दिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। उजुरीपछि प्रहरीले बंगलादेशी नागरिकलाई खोज्न थालेको थियो। खोजीका क्रममा उनीहरूलाई पेप्सीकोलाबाट पक्राउ गरिएको परिसरले जनाएको छ।

उनको कोठामा तलासी लिँदा अन्य नोट पनि फेला परेको परिसरले जनाएको छ। शनिबार राति पक्राउ परेका बंगलादेशी नागरिकलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू