अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

लेखनाथ महोत्सवको रत्यौलीमा दर्शकको आकर्षण

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:१९ मा प्रकाशित

पोखराको लेखनाथमा जारी लेखनाथ महोत्सवमा आयोजित रत्यौली गीतमा अवलोकनकर्ताहरुको आकर्षण बढेको छ । विवाहमा महिलाहरुले मात्र मनोरञ्जनका लागि खेलिने रत्यौलीलाई लेखनाथ महोत्सवको स्टेजमा प्रस्तुत गर्दा महोत्सवमा थप रौनक आएसंगै अवलोकनकर्ताको आकर्षण बढेको हो ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ संचालित १६ औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको रत्यौली गीतले दर्शकहरुको मन जितेको हो । महोत्सवलाई थप रोचर र मनोरञ्जनात्मक बनाउन आयोजना गरिएको रत्यौली गीतमा विभिन्न आमा समुहहरुले सहभागिता जनाउँदै आएका छन् ।

महोत्सवको पाचौं दिन विहान देखि बढेको चिसोलाई कुनै प्रवाह नगरि मध्यान्ह पछि खुलेको मौसमसगै दर्शकको चाप बढेको थियो । सोमवार मात्र करिव १ करोड बरावरको आर्थिक कारोवार भएको संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिनुभएको छ ।

महोत्सवको सोमवार करिव २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिले सम्म करिव १ लाख २० हजार दर्शकको सहभागिता रहेको बताईएको छ । महोत्सवमा ५ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको संघका उप महासचिव तथा प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू