अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

लेखनाथ महोत्सव जारी

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:०९ मा प्रकाशित

कास्कीको लेखनाथमा लेखनाथ महोत्सव जारी रहेको छ । महोत्सवको तेश्रो दिन आज महोत्सव स्थलमा दर्शकहरुको उल्लेख्य सहभागिता रह्यो । सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउँदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास हुने गर्दछ ।

उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६ औं संस्करणको लेखनाथ महोत्सवको आयोजना गरिएको हो । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ बिहिबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा महोत्सवमा स्टल राख्नेहरुमा उत्साह समेत थपिएको छ ।

महोत्सवमा सूचना प्रविधीका ३० स्टल रहेको , डिजिटल बोर्ड सहित पछिल्लोे प्रविधीको प्रयोग र फ्री वाइफाइले आकर्षण बढेको आयोजकले जनाएको छ । बिहान १० बजे देखि साँझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई मनोरञ्जन दिनका लागि कलाकारका दोहोरी, हाँस्य, प्रहसन लगायत विद्यालयका प्रस्तुति, जनजातिका मौलिक संस्कृित, पप कन्सर्ट सहित थप मनोरञ्जनात्मक कार्यक्रमहरु समाबेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू