अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:४३ मा प्रकाशित

बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरिद गर्ने निर्णय भएको हो ।

जीएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत् खरिद सम्झौता गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेश सरकारले जीएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनमार्फत खरीद गर्नेछ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले विद्युत् खरिद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णयअनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्ट(नेपाली रुपैयाँ ८)मा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरिद गर्नेछ ।

त्यो निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने भएको छ । बंगलादेश सरकारले हालै उक्त निर्णय गरेको जीएमआरका निर्माण परियोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू