अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक दोस्रोपटक बस्दै नबसी स्थगित

बिआरटीनेपाल २०७६ पुष २ गते ८:०४ मा प्रकाशित

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक दोस्रोपटक बस्दै नबसी स्थगित भएको छ । आज अपरान्ह १ बजेका लागि बोलाइएको बैठक पार्टीभित्र देखिएको विवाद समाधान गर्ने प्रयास सकारात्मक भइरहेको भन्दै स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ । सोमबार बोलाइएको बैठक पनि बस्दै नबसी सहमतिका लागि भन्दै आजसम्म स्थगित गरिएको थियो ।

पार्टी संस्थापनले १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, छलफल बिना विभागको संख्या बढाएको, भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको विवाद मिलाउन यथेष्ट प्रयास नगरेको भन्दै नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू