अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

१३ औं सागमा नेपालको अग्रता कायमै, स्वर्णपदक संख्या  २९  पुग्यो

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:३६ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा नेपालको अग्रता कायमै रहेको छ । नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एक÷एकओटा स्वर्णपदक जितेको छ ।

यो समेत पदक तालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २९ ओटा स्वर्णपदक जितेको छ । २५ स्वर्णपदक सहित भारत दोस्रो स्थानमा रहँदा ७/७ ओटा स्वर्ण पदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ । पुछारको भुटानको तीन कास्य पदक मात्र छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू