अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

गृह मन्त्रालयद्धारा ६ जना सिडिओको सरूवा

बिआरटीनेपाल २०७६ मंसिर १७ गते ६:४८ मा प्रकाशित

नेपाल सरकार गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का हुनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईलाई जिप्रका चितवनमा सरूवा गरिएको छ । जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, जिप्रका चितवनका कार्यरत बस्नेतलाई जिप्रका पर्सा र पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ।

त्यसैगरी जिप्रका लमजुङमा कार्यरत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविका खड्का जिप्रका लमजुङ सरूवा हुनुभएको छ । गृहले मंगलबार सूचना जारी गर्दै ६ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू