अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:१६ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल–भारत सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको रहेको बताएको छ । सीमा विवाद सम्बन्धमा प्रतिपक्ष दलले सरकारलाई सहयोग गरिरहेको र त्यस सम्बन्धमा राष्ट्रिय सहमति रहेको स्मरण गर्दै कांग्रेसले अब विवाद सुल्झाउने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको बताएको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवाद समाधानका लागि पार्टीले सरकारलाई सुझाव दिइसकेको र सरकारको भूमिका नजिकबाट नियालिरहेको बताउनुभयो । यस्तै, कांग्रेसले डडेल्धुरामा अनशरनरत् डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता टोली गठन गरेर माग सम्बोधन गर्न पनि माग गरेको छ ।

उपनिर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले सातओटै प्रदेशप्रमुखलाई पदमुक्त र नयाँ नियुक्ति गरेकामा निर्वाचन आयोगले आचारसंहिता नमिचिएको भनेको प्रति कांग्रेसले आपत्ति जनाएको छ । आचारसंहिताको नैतिक आचरणमा रहेर उपनिर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न पनि कांग्रेसले सरकार र सत्तारुढ दललाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू