अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

न्यूह्यामसायरमा १११ औँ लक्ष्मी जयन्ती तथा संस्थाको छैटौँ साधारण सभा सम्पन्न

ईश्वरी भट्ट २०७६ कार्तिक ११ गते १०:२६ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा १११ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा संस्थाको छैटौँ साधारण सभा १० रिभर साइड स्ट्रिट हुक्सेट न्यूह्यामसायरमा यही अक्टोबर २६ तारीख़ २०१९ शनिवार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम अध्यक्ष कृष्ण कुमार गिरी पहिलो सेसन र नव निर्वाचित अध्यक्ष हरि माया अधिकारी दोस्रो सेसनको अध्यक्षता गर्नु भएको कार्यक्रमको प्रमुख अतिथि वीओटी अध्यक्ष गीता खत्री र विशेष अतिथि सेनेट मेजोरोटी लिडर ड्यान फिलेट्स र केन्द्रीय सचिव लाल गोपाल सुवेदी हुनुहुन्थ्यो । पाहुनाहरूलाई तात्कालिक उपाध्यक्ष हरि माया अधिकारीले खादा ओढाइ सम्मान गर्नु भएको थियो । आसन ग्रहण पस्चात, हरि माया अधिकारी, रमा न्यौपाने र श्रृयम रिमालबाट दुवै देशका राष्ट्रिय गान गायन, प्रमुख अतिथिबाट पानसमा बत्तिबाली कार्यक्रम उद्घाटन एवं महाकवि देवकोटाको फोटोमा पुष्प गुच्छा अर्पण गरी सुरु गरिएको थियो ।

अध्यक्ष कृष्ण गिरीले आफ्नो स्वागत मन्तव्य र प्रधान सम्पादक ईश्वरी भट्टले कार्यालयको प्रतिवेदन, विशेष धन्यवादको प्रस्ताव, संस्थाका भावी कार्यक्रम, आर्थिक प्रतिवेदन, विधान संशोधन लगायतका कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपस्थित सभासद्हरूबाट सोको ताली बजाइ अनुमोदन गकिएको थियो । सभा अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै सेनेट मेजोरिटी लिडर ड्यान फिलेट्सले आफुले कम्यूनिटीहरूसंग मिलेर काम गर्ने र यो साहित्य समाजले राम्रो काम गरेको बताउनु भयो ।

तत्पश्चात् निर्वाचन आयोगलाई पोडियम प्रदान गरियो र निर्वाचन आयुक्त डा. रुद्र अर्यालले निर्विरोध निर्वाचित च्याप्टर अध्यक्ष हरि माया अधिकारी, उपाध्यक्षमा रमा न्यौपाने, महासचिव हरि कुमारी गुरूङ, सचिव रवि पाठक, कोषाध्यक्ष दिन बन्धु प्रेमी, सह कोषाध्यक्ष राधा थापा, र सदस्यहरूमा- निगम रिमाल, राकेश राई, पुष्पा दाहाल ओझा, घनश्याम दाहाल, राम श्रेष्ठहरूको नाम निर्विरोध निर्वाचित घोषणा गर्दै प्रमाण पत्र वितरण तथा शपथको काम सम्पन्न सहित सवैमा कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

तत्पश्चात् अध्यक्ष कृष्ण कुमार गिरीले नव निर्वाचित अध्यक्ष हरि माया अधिकारीलाई पद हस्तान्तरण गर्दै सभापतिको आसनमा आसन ग्रहण गराउनु भयो।

कार्यक्रममा वीओटी अध्यक्ष तथा प्रमुख अतिथि गीता खत्रीबाट अनेसासका आजीवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै च्याप्टरबाट सम्मानित पूर्व अध्यक्ष कृष्ण कुमार गिरी, केन्द्रीय सचिव लाल गोपाल सुवेदी, पूर्व महासचिव गोवर्द्धन पूजा, साहित्यकार दीपा राई पुन, महेश्वर पन्त, अनु साह, ममता कर्माचार्य, समाजसेवी मुक्ति नारायण राईहरूलाई प्रमाण पत्र वितरण गर्नु भयो भने नव निर्वाचित अध्यक्ष हरि माया अधिकारीले खादा लगाइ सम्मान गर्नु भयो ।

त्यसै क्रममा थ्याङ्क्यू अमेरिकाको तर्फबाट कोषाध्यक्ष कुमार भट्टराईले $१२५ को चेक हरि माया अधिकारीलाई कार्यक्रमलाई सहयोग स्वरूप हस्तान्तरण गर्नु भयो भने नव नियुक्त अध्यक्ष हरि माया अधिकारीले ॲाफ्नो वीओटी सदस्य कोलागि वीओटी अध्यक्ष गीता खत्रीलाई चेक हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्नु हुँदै वीओटी अध्यक्ष गीता खत्रीले आफु न्यूह्यामसायर च्याप्टरको कामबाट निक्कै खुसी भएको र विदेशमा रहेर पनि हामीले मातृ भूमि र मातृ भाषाकोलागि सधैँ लागि परेको बताउनु भयो ।

केन्द्रीय सचिव लाल गोपाल सुवेदीले महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै अनेसास न्यूह्यामसायरको कामको प्रशंसा गर्नु भयो साथै आफ्नो रचना पनि वाचन गर्नु भयो । कार्यक्रममा पूर्व महासचिव गोवर्द्धन पूजाले न्यूह्यामसायर च्याप्टरको संक्षिप्त इतिहास राख्नु हुँदै नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम दीपा राई पुन, ईश्वरी भट्ट, लाल गोपाल सुवेदी, कृष्ण कुमार गिरी, हरि माया अधिकारीले, हरि कुमारी गुरूङ, ममता कर्माचार्य, अनु शाह, सृजना दाहाल, राम चन्द्र भण्डारी, तारा देवी नेयौपानेहरूले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो भने महेश्वर पन्तले मिठो गजल तथा कविता वाचन गर्नु भएको थियो । वाल नृत्य कार आन्या वैद्यले रोचक नाच प्रस्तुत गरेकी थिइन भने रीतेश आचार्यले तबला वादन गरेका थिए । कार्यक्रममा सहभागी बाल बालिकाहरू लाइम संस्थाको तर्फबाट उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए च्याप्टर अध्यक्ष डम्बर कडरिया, नेपाली समाजका अध्यक्ष सोम गुरुङ, महासचिव राम चन्द्र भण्डारी, गै.आ.ने.स. च्याप्टर सचिव कमल ढुङ्गाना, समाजसेवी लोक लामा गोले, मदन थेबे लगायत थुप्रै सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

संस्थाका संरक्षक उमेश कोइरालाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै संस्थाको प्रगतिले आफू खुसी भएको बताउनु भएको थियो । कार्यक्रम संस्थाकी नव निर्वाचित महासचिव हरि कुमारी गुरूङले सञ्चालन गर्नु भएको थियो । नव निर्वाचित अध्यक्ष हरि माया अधिकारीले सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

सम्बन्धित समाचार

नर्थ क्यारोलाइनामा महाकवि देवकोटा जयन्ती सम्पन्न

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू