अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

अमेरिकामा बस्दै आएका भारत्तोलक रूप कार्कीलाई आयरल्यान्डमा अन्तर्राष्ट्रिय स्वर्ण पदक

विजय थापा २०७६ कार्तिक ११ गते ९:१० मा प्रकाशित

डिसी, अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रूप कार्कीले मास्टर टु २२० पाउन्ड तौल समूहमा आयरल्यान्ड सम्पन्न वर्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा मास्टर वान प्राप्त गरी सकेका थिए ।

गत अक्टोबर २४ देखि अक्टोबर २७ सम्म सम्पन्न भएको वर्ड पावरलिफ्टिंग आइपिएल अन्तर्राष्ट्रिय प्रतियोगितामा उनलाई स्वर्ण प्राप्त भएको हो । अक्टोबर २७ आइतबारका दिन आयरल्यान्डमा भएको प्रतियोगिता उनले प्रथम स्थान हासिल गर्दै नेपाल र नेपालीको नाम विश्व सामु चिनाउन सफल भएका छन् ।

उनी गत अक्टोबर २५ शुक्रवारका दिन अमेरिकाबाट आयरल्यान्ड उडेका थिए । गत अक्टोबर २४ देखि नै सरु भएको वर्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा विभिन्न राष्ट्रका विभिन्न तौल समूहका खेलाडीहरू पुगेका थिए ।

गत अक्टोबर २४ का दिन आयरल्यान्ड उड्नु एक दिन अगाडि खेलाडी कार्कीको मनोबल उच्च राख्न ,हिम्मत र हौसला दिन भर्जिनियाका नेपाली समुदायले कार्यक्रमको आयोजना गर्दै उनलाई भव्य बिदाइ गरेका थिए ।

उनले आयरल्यान्ड जानु अघि नेपाल र नेपालीको नाम राख्न कडा मेहनत गर्ने र कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए । गत जुलाई १३ ,२०१९ का दिन उनलाई युएसपिएलमा स्वर्ण पदक प्राप्त भएको थियो ।

युएसपिएलमा स्वर्ण पदक प्राप्त सँगै आयरल्यान्डमा सम्पन्न वर्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा सहभागी हुन् ढोका खुलेको थियो । उनी उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे पछि प्रिक्वालिफाईड भएका थिए । स्मरण रहोस्, पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिस्पर्धा प्रतियोगीको रूपमा जान पाइन्छ ।

कार्की ड्रग टेस्टेड (कृत्रिम रूपमा शारीरिक बल वृद्धि गर्न ओखती प्रयोग नगर्ने विधि) खेलाडी हुन् । अमेरिकामा नेपालीहरूको इतिहासमा कार्की भारोत्तोलनमा प्रवेश गरी अन्तर्राष्ट्रिय सम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक हुन् ।

नेपाल भैरहवा स्थायी घर भएका रूप कार्की अमेरिका आए देखि नै भारोत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने गरेका छन् । उनले थुप्रै पदक प्राप्त गरी सकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्याति प्राप्त भारत्तोलक हुन् ।

यसै गरी उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक विजेता समेत रहेका रुपेश बाबुको बिँडो थाम्दै बाबुलाई यहाँ सम्म पुर्‍याउन अहम् भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिँदै आई रहेका छन् ।

उनी कार्कीसँगै आयरल्यान्ड पुगी बाबुलाई साथ र सहयोग गरिरहेका छन्।

प्रतिक्रिया