अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

किड्स अफ दि इयर बने चिराग, संस्कृति र सानवी

कुबेर गिरी २०७६ कार्तिक १० गते ९:४१ मा प्रकाशित

काठमाडौँ । ‘किड्स अफ दि इयर २०१९’को उपाधि चिराग बजगाई, संस्कृति पाण्डे र सानवी सारले चुमेका छन् । चिरागले बालक तर्फको उपाधि हात पार्दा संस्कृतिले बालिका तर्फको जुनियर र सानवीले सिनियर तर्फको उपाधि लगाउन सफल भए ।

तीनै विजेताले उपाधिका साथमा विभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रूपमा प्राप्त गरे । कार्यक्रममा तीनै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्ने आयोजकले जानकारी दियो ।

शनिवार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक तर्फ पञ्चाङ्ग मिश्र फष्टरनर अप र उज्ज्वल लामा सेकेन्ड रनर अप चुनिदा जुनियर बालिका तर्फ रिमझिम पाल्देन लामा र डिकी चेन्जोन शेर्पा क्रमशः फष्ट रनर अप र सेकेन्ड रनर अप भए । त्यस्तै सिनियर बालिका तर्फ सन्ध्या साह फष्टरनरअप र किताबी बराल सेकेन्ड रनर अप घोषित भए ।

९ देखि १४ वर्षसम्मका १४ बालक र ३२ बालिका सहभागी प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याइएको थियो ।

बालबालिकाको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि गर्दै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।

कार्यक्रममा बालबालिकालाई विभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगीले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।

स्यान्द्रा पुन (अन्तर्राष्ट्रिय मेकअप आर्टिस), ऋषिराज आचार्य (चलचित्र निर्देशक), पुनम प्रधान (गायिका) ऋचा न्यौपाने (सेकेन्ड रनरअफ मिस काभ्रे २०१८) सरिता ज्ञवाली कार्यक्रम प्रस्तोता तथा निर्माता कान्तिपुर टेलिभिजन) निर्णायक रहेको यो प्रतियोगिता आम सौन्दर्य प्रतियोगिता भन्दा फरक तवरबाट आयोजना भएको थियो ।

व्यक्तित्व विकास, डान्स, सन्चारकला, विभिन्न टपिसमा ग्रुमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी विषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित आयोजकले प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारेको हो । विभिन्न दर्जन उपशिर्षकमा समेत विजेता छानिएको प्रतियोगितामा गीत, सङ्गीत र नृत्यको धमाका समेत रहेको थियो ।