अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

एक मधेश एक प्रदेश हुन नसक्ने काँग्रेस उपसभापति गच्छदारको दाबी

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:२३ मा प्रकाशित

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुक ‘एक मधेश एक प्रदेश’ हुन नसक्ने दाबी गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताउनुभएको हो । आफू अहिले सत्तामा नरहेको बताउँदै उहाँले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी काँग्रेस पार्टीमा लागि परेको बताउनुभयो ।

गत चुनावमा नेपाली काँग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उहाँले बताउनुभयो । गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उनिहरुको योगदानलाई विर्सनु नहुने बताउनुभयो । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू