अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

कोलोराडोमा पहिलो नेपाली होम इन्स्पेक्टर

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते १२:१४ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा एक नेपालीले गृह परीक्षक (Home Inspector) को कोर्स पुरा गरी पहिलो लाइसेन्स प्राप्त नेपाली गृह परीक्षक (Home Inspector) बन्न सफल भएका छन् । ती व्यक्ति हुन् दीपक सुनुवार, जो नेपाली समुदायमा चिरपरिचित व्यक्ति पनि हुन् । पेसाले उनी प्लम्बर हुन् । नेपालको भक्तपुर निवासी दीपक सुनुवार सन् २०१४ मा अमेरिका आई प्लम्बिङ्ग सम्बन्धी तालिम प्राप्त गरी नेपाली र भारतीय समुदायमा समेत प्लम्बिङ्ग सेवा प्रदान गर्दै आएका छन् ।

हाल सुनुवारले होम इन्स्पेक्सन सम्बन्धी कोर्स पुरा गरेर कठिन परीक्षा उत्तीर्ण गरी कोलोराडो लगायत अन्य राज्यहरूमा समेत होम इन्स्पेक्सन गर्न अधिकार प्राप्त गरेका छन् । चाडै नै स्टेटको सबै प्रक्रिया पुरा गरी होम इन्स्पेक्सनको सेवा सुरु गर्ने बताएका छन् ।

घर खरिद गर्नु एक किसिमको ठुलो लगानी भएकोले अमेरिकामा घर खरिद गर्नु पहिले घरको अवस्था के कस्तो छ, त्यस सम्बन्धी विज्ञबाट घर निरीक्षण गर्नु अनिवार्यता छ । कोलोराडोमा नेपाली समुदायको बसोबास दिन प्रतिदिन बृद्दी भइरहेको अवस्थामा घर खरीदकर्ताहरुलाई नेपाली भाषामै घर निरीक्षण सम्बन्धी सम्पूर्ण सेवा चाडै नै सुरु हुने बताएका छन् ।

प्रतिक्रिया