अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

जनताको विश्वास गुम्न नदिन जनप्रतिनिधिहरुलाई प्रचण्डको आग्रह

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:३९ मा प्रकाशित

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले नेकपालाई विश्वास र भरोसा गरेकाले यसलाई गुम्न नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेकपाले सुदूरपश्चिम प्रदेशमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन धनगढीमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम र कर्णालीलाई विकासलाई परिवर्तनको व्यारोमिटर मानिने भएकाले सुदूरपश्चिम र कर्णालीको विकास तर्फ केन्द्रीत हुनुपर्ने बताउनु भएको हो ।

प्रशिक्षण कार्यक्रममा नेकपाको स्थायी समिति सदस्य भीम रावल, लेखराज भट्ट, केन्द्रीय सदस्यहरु, संघीय संसदका सांसदहरु, सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख र पार्टी अध्यक्षहरु सहभागी छन् । जनप्रतिनिधिहरुलाई डाक्टर चन्द्रमणी अधिकारी, गोविन्द बन्दी, पार्टीका उच्च तहका नेताहरु लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिनुभएको छ । प्रशिक्षण कार्यक्रम ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू