अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:१७ मा प्रकाशित

सरकारले विभिन्न ११ ओटा निर्णयहरु गरेको छ । बिहीबार (असोज ३० गते) बसेको मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न ११ निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् ती निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु –

१. व्यवसाय सन्चालनको सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत गरिएको छ ।

२. कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ताटोली गठन गर्ने निर्णय गरिएको छ ।

३. बाँके जिल्ला साविक नेपालगन्ज नगरपालिका वडा नम्बर–२ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मा अर्जेललाई १० लाख रूपैयाँ र काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर–४ बस्ने सानुमाया लामालाई तीन लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।

४. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित सिफारिस समितिको म्याद थप गरिएको छ ।

५. सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को छानबिन समितिको म्याद २०७६ मंसिर २८ सम्म थप गरिएको छ ।

६. नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

७. ChinaÚs Provision of Military Assistance Gratis to Nepal मा नेपालको तर्फबाट हस्ताक्षर गर्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई स्वीकृति दिइएको छ ।

८. निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय गरिएको छ–

क) तल्लो ईर्खुवा खोला जलविद्युत् आयोजनाका लागि भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रको १.३७ हेक्टर जग्गा ।

ख) मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारणलाइन आयोजनाका लागि बेसीसहर नगरपालिकालगायतमा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको १६.२८००० हेक्टर जग्गा ।

ग) भेरीगंगा नगरपालिकामा बसपार्क निर्माण र सन्चालनका लागि वडा नम्बर–१२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा ।

घ) माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाका लागि लम्जुङ जिल्ला दोर्दी गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको १.३१७ हेक्टर जग्गा ।

ङ) चुनढुंगा उत्खननका लागि बाराही क्वेरिज प्रालिलाई तनहुँ जिल्लाको व्यास नगरपालिकाअन्तर्गत्को सामुदायिक र राष्ट्रिय वन क्षेत्रको ४.८५ हेक्टर जग्गा ।

च) चुनढुंगा उत्खननका लागि कसमस सिमेन्ट प्रालिलाई उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९९ हेक्टर जग्गा ।

छ) चुनढुंगा उत्खननका लागि ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२० हेक्टर जग्गा ।

९. रेडियो नेपालको नाममा रहेको खुमलटारस्थित जग्गा रेडियो नेपालबाट माग भएबमोजिम प्रतिआना रू. ४० लाखका दरले हुन आउने रकम नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

१०. तुलसीपुर नगर विकास समिति, दाङको नाममा रहेको तुलसीपुर उपमहागरपालिका वडा नम्बर–९ मा पर्ने जम्मा ९०१३.३६ वर्ग्मिटर जग्गा तुलसीपुर नगर विकास समितिको निर्णयानुसार उच्च अदालत, तुलसीपुरलाई उपलब्ध गराउन स्वीकृति दिइएको छ ।

११. नेपाल विशेष सेवाको गठन र सन्चालनसम्बन्धी कानुनलाई (संशोधन र एकीकरण) गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू