अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

कोलोराडोमा ११० औ लक्ष्मी जयन्ती कार्यक्रम मनाइँदै

बिआरटीनेपाल २०७६ असोज २६ गते १५:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औ जन्म जयन्ती विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गरेर यही नोभेम्बर ३ तारिखको दिन मनाउने भएको छ, उक्त कुराको जानकारी अनेसास कोलोराडो च्याप्टरको इमेलबाट बिआरटी नेपाललाई प्राप्त भएको छ ।

उक्त कार्यक्रममा उपस्थित भएर आफूद्वारा अथवा महाकवि देवकोटाद्वारा सिर्जित रचना वाचन गरिदिनुहुन र साहित्यिक रचनाहरू श्रवण गरिदिनु च्याप्टरले अनुरोध गरेको छ । कार्यक्रम नोभेम्बर ३, २०१९, आइतबार अपराह्न २ बजे Viewpoint Condominium Club House, 10211 Ura Lane, Thronton, CO ८०२६० मा हुनेछ ।

प्रतिक्रिया