अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

एनआरएनए आइसिसी मध्यपूर्व क्षेत्रीय उप–संयोजक पदमा विनोद भट्टराईको उम्मेदवारी र प्रतिबद्धता पत्र

बिआरटीनेपाल २०७६ असोज २४ गते २०:४७ मा प्रकाशित

आदरणीय गैर आवासीय नेपाली दाजुभाइ, दिदीबहिनीहरू
पत्रकार तथा शुभेच्छुक मित्रहरू,

वैदेशिक रोजगारीको भरपर्दो गन्तव्यको रूपमा रहेको मध्यपूर्वका विभिन्न देशमा रोजगारी तथा व्यवसाय सिलसिलामा रहनुभएका ३० लाखको हाराहारीका सम्पूर्ण गैर आवासीय नेपालीजनहरुमा महान् पर्व विजयादशमी, दीपावली, छठ, नेपाल सम्वत लगायत यही सेरोफेरोमा आउने सम्पूर्ण राष्ट्रिय चाडपर्वहरूको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यसै गरी मध्यपूर्वका विभिन्न देशमा कार्यरत गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुले २०१९—२०२१ कार्यकालका गठन गरेका सम्पूर्ण एनसिसीका परिषदहरुलाई समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

म, सन् २००९ देखि गैर आवासीय नेपाली सङ्घमा आबद्ध भई विभिन्न पदीय जिम्मेवारीहरू वहन गर्दै संस्थागत हित र समग्रमा मध्यपूर्व क्षेत्रको हितमा काम गर्दै आएको कुरा यहाँहरूलाई विदित नै छ । विशेष गरी एनसिसि कतारको सचिव, महासचिव हुँदै दुई पटक आइसिसी सदस्यको जिम्मेवारी सम्हाली सकेको छु । म पदीय जिम्मेवारीमा रहँदा विशेष गरी मध्यपूर्वका साझा मुद्दाहरूलाई नै सर्वोपरि ठान्दै कार्य सम्पादन गरिरहेको छु ।

गैरआवासिय नेपाली अभियानमा प्रत्यक्ष रूपमा कार्य गरिरहँदा सङ्घका हरेक गतिविधिहरूमा मेरो योगदानले केही न केही सहयोग गरिरहेको महसुस मैले गरेको छु र त्यसको मूल्याङ्कन समेत यहाँहरूले गर्नु भएको छ भन्ने विश्वास लिएको छु । २०१५–१७ र २०१७–२०१९ कार्यकालमा आइसिसीको Policy & Procedure Committee साथै २०१७– २०१९ मा CAARF Committee मा समेत रहेर काम गर्ने मौका पाएको छु । यसले संस्थागत मूल्य र मान्यतालाई कसरी विकास गर्न सकिन्छ साथै एनसिसिहरुसँगको सामीप्यलाई कसरी कायम गर्न सकिन्छ भन्ने कुरा समेत सिक्ने अवसर पाएको छु ।

समग्र गैरआवासिय नेपालीहरूमा मध्यपूर्वका नेपालीहरूको मुद्दामा केही भिन्नता छन् । हामी अधिकांश श्रमिकको रूपमा रहेका छौँ । केही प्रतिशत उद्यमी व्यवसायीहरू रहेपछि उनीहरूको मुद्दा अन्य क्षेत्रको भन्दा यहाँका श्रमिकहरूसँग मिल्दो जुल्दो छ । यिनै विभिन्न परिवेश र मुद्दाहरूलाई मध्यनजर गर्दै एकीकृत तवरबाट समस्या समाधान गर्न तथा क्षेत्रीय मुद्दामा सबै गैरआवासिय नेपालीहरूलाई एकैठाँउमा राखेर काम गर्नका लागि २०१९—२०२१ को लागि मध्यपूर्व क्षेत्रीय उप–संयोजक (गल्फ उप–संयोजक) को पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको कुरा यहाँहरूलाई सहर्ष जानकारी गराउँदछु ।

यही आउँदो २०१९ को १५ देखि १७ अक्टोबर सम्ममा काठमाण्डौंमा आयोजना हुन गइरहेको गैर आवासीय नेपाली सङ्घको ९ औँ महाधिवेशन तथा विश्व सम्मेलनबाट मध्यपूर्व क्षेत्रीय उप–संयोजकको पदमा सर्वसम्मत वा चुनावी प्रकृयाबाट मलाई जिम्मेवारी सुम्पिनु भएमा विगतको १० वर्षदेखि सँगालेको अनुभवलाई परिष्कृत रूपमा उपयोग गर्दै गैर आवासीय नेपाली सङ्घको विश्वव्यापी अभियानमा आफूले कुनै पनि कसुर नराखी सेवा र सहयोग पुर्‍याउने प्रतिबद्धता गर्दै भूमिका निर्वाह गर्ने कुरामा विश्वस्त दिलाउन चाहन्छु ।

माथि उल्लेख गरे बमोजिम क्षेत्रीय संयोजकको भूमिका निर्वाह गर्न सक्षम र इच्छुक छु भन्दै पूर्ण प्रतिबद्धताका साथ बुँदा गत रूपमा मेरो प्रतिबद्धता तपसिल बमोजिम जाहेर गर्न चाहन्छु ।

सामाजिक सुरक्षा सहितको सम्मानित वैदेशिक रोजगारी:
एनआरएन श्रमिक कल्याण कारी कोषलाई वृद्धि र प्रभावकारी कार्यान्वयनको अभियानलाई निरन्तरता,
वैदेशिक रोजगारी कल्याण कारी कोषको प्रभावकारी कार्यान्वयनको लागि निरन्तर पहल,
वैदेशिक रोजगारीमा जानेहरूको लागि अनिवार्य २४ बिमाको प्रावधान लागु गर्न दबाब,
वैदेशिक रोजगारीमा जानेहरूको लागि अनिवार्य सामाजिक सुरक्षा कार्यक्रममा सहभागिताको लागि समन्वयात्मक पहल

अनियमित, श्रम स्वीकृति तथा अध्यागमनमा हुने झन्झटिला प्रक्रियाहरू विरुद्ध दबाब खबरदारी,
लगायतका सवालहरूका साथै मध्यपूर्वका मुलुकहरूमा विविध कारणले श्रृजित श्रमिक समस्या समाधान हरूमा आफ्नो भूमिका केन्द्रित गर्नेछु ।

नेपाल प्रवर्द्धन:
नेपाल भ्रमण वर्ष २०२०:
नेपालको बृहत्तर आर्थिक विकासका लागि नेपाल भ्रमण वर्ष सफल पार्नका लागि मध्यपूर्वमा स्थापित नेपाली राजदूतावासहरू र एनसिसिहरुसँगको सहकार्यमा पर्यटक नेपाल भित्र्याउनका लागि पहल।

नेपाली उत्पादनको निर्यात:
नेपालको कृषि उपज लगायतका उत्पादनहरूलाई मध्यपूर्वका बजारमा विस्तार गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरी सहजीकरण ।

कला, संस्कृति, साहित्य तथा खेल:
नेपालीहरूको बाक्लो उपस्थिति रहेको मध्यपूर्व क्षेत्रमा नेपाली कला संस्कृति खेल तथा साहित्यलाई प्रवर्द्धन गर्न अधिकतम प्रयास गर्ने ।

दरिलो क्षेत्रीय समन्वय:
क्षेत्रीय मुद्दाहरूलाई एकीकृत रूपमा सम्बोधन मध्यपूर्वका एनसिसिहरुसँगको सामीप्यलाई ध्यानमा राखी एनसिसि अध्यक्ष र महासचिवहरूको कार्यदल निर्माण गर्न समन्वय गर्ने ।

सन् २००३ देखि २०१९ सम्म मध्यपूर्वमा भएका क्षेत्रीय भेला, क्षेत्रीय सम्मेलन र हालसम्मका विश्व सम्मेलनले गरेका घोषणा पत्र बमोजिम कार्यान्वयन हुन बाँकी रहेका मध्यपूर्वका मुद्दाहरूलाई कार्य योजना बनाइ कार्यान्वयन गर्न क्षेत्रीय संयोजक र एनसीसीहरुसँग समन्वय गर्दै पहल गर्ने ।

मध्यपूर्वका एनसीसीहरुलाई सांगठानिकरुपमा व्यवस्थित र चुस्त बनाउन गर्न, सङ्घका पद्धतिहरुलाई कार्यान्वयन गर्न सक्दो सहयोग र सहजीकरण गर्ने ।

उद्यमशीलतामा जोड:
मध्यपूर्व क्षेत्रमा कार्यरत तथा व्यवसायरत समान दक्षता र उद्यम क्षमता भएका नेपालीहरूलाई लक्षित उद्यमशीलता उत्प्रेरणा कार्यक्रमहरूको संयोजन गर्ने ।

अन्त्यमा मध्यपूर्व क्षेत्रमा रहनुहुने सम्पूर्ण गैर आवासीय नेपाली सङ्घका पार्षद मित्रहरूमा सहयोगको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रतिक्रिया