अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

सरकार र दलहरुमा विवेकपूर्ण आचरणको कमी – पूर्वराष्ट्रपति यादव

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:२४ मा प्रकाशित

पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरकार र राजनीतिक दलहरुमा विवेकपूर्ण आचरणको कमी रहेको बताउनुभएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तमू समुदायको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले राष्ट्रको उन्नति र प्रगति सरकार र दलहरुको विवेक र असल आचरणमा भरपर्ने धारणा राख्नुभयो ।

राजनीतिक वृत्तमा देखिएको अविश्वासको वातावरणलाई हटाउँदै संविधानले निर्दिष्ट गरेको मार्गमा लाग्न डा. यादवले आग्रह गर्नुभयो । राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरुलाई पनि सुधार गर्दै लैजानुपर्नेमा उहाको जोड थियो ।

डा. यादवले आदिवासी तमू समुदायले आफ्नो भाषा र संस्कृति संरक्षण गर्दै आफ्नो मौलिक पहिचान कायम राख्न सफल रहेको बताउनुभयो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू