अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

साहित्यतर्फ नोबेल पुरस्कार विजेताको घोषणा

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:२३ मा प्रकाशित

साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भएको छ । नोबेल एकेडेमीले सन् २०१८ र २०१९ का लागि साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरेको हो । गएको वर्ष ‘मि टू’ का कारण साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भएको थिएन।

सन् २०१८ का लागि ओल्गा तोकार्चुक तथा सन् २०१९ का लागि पिटर ह्याण्डकले नोबेल पुरस्कार पाउने भएका हुन्। ओल्गा पोल्याण्डकी उपन्यासकार हुन् भने पिटर अस्ट्रियाका लेखक हुन्। उपन्यासकार ओल्गाको लेखनका बारेमा नोबेल एकेडेमीले भनेको छ, ‘ओल्गाको लेखनमा एउटा बृहत भावनात्मक धुन समिश्रित कल्पनाको संकथनले सीमाना नाघेर जन्मिने जीवनलाई प्रतिनिधित्व गर्दछ।’

यस्तै ह्याण्डकका बारेमा नोबेल एकेडेमीले भनेको छ, ‘भाषिक सरलतासहितको प्रभावकारी लेखनीले मानव अनुभूति र अनुभवका परिधि तथा विशेषताहरुलाई प्रस्तुत गर्न सफल छन्।’ दुवै विजेतालाई पुरस्कारबारे जानकारी दिएको नोबेल एकेडेमीले जानकारी दिएको छ।

साहित्यतर्फको नोबेल पुरस्कारमा पुरुषहरुको वर्चश्व तथा युरोपको प्रभाव रहेको आरोप लागिरहेका बेला स्वीडिस एकेडेमीले त्यसबाट बाहिर निस्कने बताएको थियो केही दिनअघि एकेडेमीकी तत्कालीन सदस्य क्याटरिना फ्रोस्टेनसनका श्रीमान् तथा एकेडेमीका फोटोग्राफर जिन क्लाउडीमाथि यौन हिंसाको आरोप लागेको थियो। त्यसपछि क्याटरिनासहित ६ जनाले एकेडेमीबाट राजीनामा दिएका थिए। उनका श्रीमान हाल जेलमा छन्। जिनमाथि पुरस्कार विजेताको नाम पहिले नै सार्वजनिक गर्ने गरेको आरोप पनि लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू