अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

सभामुख महराको राजीनामाको भाषाप्रति कांग्रेसको आपत्ति, भन्यो – प्रष्टरुपमा राजिनामा आउनुपर्छ

बिआरटीनेपाल २०७६ असोज १४ गते १०:४४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामा प्रस्ट नभएको भन्दै प्रस्टरुपमा राजीनामा आउनुपर्ने माग गरेको छ ।

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले सभामुख महराको राजीनामा उपसभामुखलाई कार्यवहाक दिएजस्तो रहेकाले प्रस्ट राजीनामा आउनुपर्ने माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीसँगको परामर्शपछि आएको उक्त राजीनामाको कुनै अर्थ नहुने बताउनुभयो ।छानबिन प्रक्रिया नसकिएसम्मका लागि भन्दै समयावधि तोकेर राजीनामा दिन नमिल्ने शर्माको भनाइ थियो ।

कानुनको नजरमा सबै नागरिक समान रहेको भन्दै दोषीलाई कारबाही र निर्दोषले न्याय पाउनुपर्ने सिद्धान्तअन्तर्गत् निस्पक्ष र प्रभावरहित तरिकाले छानबिन हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू